काठमाडाैँ,२१ बैशाख ।
राजधानी काठमाडौंकाे तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कील रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

राप्रपाका महामन्त्री धवल शमशेर जबरा हाजिर जमानीमा रिहा भएका थिए ।

गत चैत १५ गते राजावादी समर्थकहरूकाे प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । मिश्रलगायतले प्रदर्शनकारीलाई उक्साएको आरोप लगाइएको छ ।