बुटवल,२१ बैशाख ।
बर्षाका कारण सडक चिप्लो भएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकखण्ड सञ्चालनमा आएको छ । गएराति देखि निरन्तर परेको वर्षाका कारण अवरूद्ध बनेको सडक आइतवार दिउँसोदेखि सञ्चालनमा आएको जिला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकोो छ ।
सडकमा जम्मा भएको हिलो तथा गेग्रान हटाइएपछि सडक सञ्चालनमा आएको हो । सडक अवरुद्ध भएपछि साना सवारीसाधनहरू वैकल्पिक बाटो हुँदै सञ्चालन भएका थिए भने ठूला सवारीसाधन बिचबाटाेमै राेकिएका थिए ।
सडक विस्तारको कामलाई तीव्रता दिन दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ ।







