बुटवल,२१ बैशाख ।
आज दिउँसोको समयमा देशभरकाे माैसम आंशिकदेखि सामान्य बदलीको अवस्था रहने प्रक्षेपण गरिएको छ । लुम्बिनी र
कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुनसक्ने देखिएको छ ।

महाशाखाका अनुसार रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ । यस्तै, पहाडी भेगका केही स्थान र बाँकी भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने संकेत छ । हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले चट्याङ र हावाहुरीसहितको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।