काठमाडौ,२० बैशाख ।
आज शनिबार पनि लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो:लुम्बिनी प्रदेश,सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना छ ।

आज राति: देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनुका साथै कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भुभागका थोरै स्थानमा तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम सम्भावना रहेको महाशाखाको पुर्वानुमान छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ ।

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद्काे भनाइ छ ।