एकै पटक १५ जना भन्दा वढि नर्सिङ स्टाफका लागि दर्खास्त माग
बुटवल,२० बैशाख ।
बुटवल हस्पिटल प्रा लिले थप सेवा विस्तार गर्ने
तयारी गरेको छ । त्यसका लागि अस्पतालले एकै पटकमा १५ जना नर्सहरुका लागि दर्खास्त आह्वान गरेको छ ।

सेवा विस्तार गर्ने क्रममा नर्स सहितका कर्मचारी माग गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले जानकारी दिए । उनले डाईलाईसिस, सिटी लगायतका सेवा अस्पताल परिसरमै सचालनको तयारी भएकोे बताए । त्यसैगरि जनरल, एचडियु लगायतका विभागहरुको क्षमता थप गर्नु परेकोले कर्मचारी माग गरिएको हो ।

अस्पतालले जारी गरेको सुचना अनुसार एक हप्ता भन्दा वढि समय अवधी राखेर नर्सिङ स्टाफको माग भएको छ । उनिहरुलाई अन्तरवार्ताको विधिवाट छनोट गरिने मेडिकल सुपेरिटेण्डेन डा कृष्ण खनालले बताए ।

आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा लि अहिले १ सय शैया संचालनमा छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु,एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ ।

बुटवल हस्पिटल प्रा लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको जनाइएको छ ।