नवलपरासी,१९ बैशाख ।
नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ पुलटोलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय जनसेवा मावि सुनवलको कक्षा २ मा अध्ययनरत ८ बर्षिय दिप्सन कुँवरको पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार विहान १० बर्षिय दाजु विसन कुँवरको साथमा पोखरीमा पौडी खेल्न गएका उनी अपरान्ह मृत फेला परेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिए ।

प्रहरी निरिक्षक पौडेलका अनुसार मृतक दिप्सनसँगै गएका दाई विसन समेत सम्पर्कबिहीन भएका छन् ।

स्थानीयले पोखरीमा केहि तैरिएको जस्तो देखेपछि प्रहरीलाई खबर गरेकाे र तत्काल आएर हेर्दा मृत अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक पौडेलले बताए ।

सम्पर्कबिहीन विसनको खोजि कार्य जारिरहेकाे उनको भनाइ छ ।

स्थानीय विशासय सामुदायिक वन क्षेत्रमा रहेको उक्त पोखरी एक सय आठ पिपलको छेउमा रहेको छ । कुँवर दाजुभाईका कपडा पोखरीको डिलमा भेटिएको समेत प्रहरीले जनाएको छ ।