काठमाडौ,१६ बैशाख ।
हालै बढुवा भएका नेपाल प्रहरीका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी तोकिएको छ ।
प्रहरी प्रधान कार्यालयले चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसीलाई जिम्मेवारी तोकेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा खापुङ र मानव स्रोतमा कार्कीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै आचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको जनाइएको छ ।