बुटवल,१६ बैशाख ।
रूपन्देहीको एक सीमा नाका स्थित प्रहरी चाैकीका प्रहरी नायब निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
३० हजार घुस रकमसहित पक्राउ परेका रुपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध अख्तियार दुरूपयोग अनु्सन्धान आयोगले आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
रुपन्देहीको दुर्गौलिया नाका हुदैँ भारतबाट अवैधरुपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि खड्काविरुद्ध ३० हजार बिगोसहित सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।





