काठमाडौं,१५ बैेशाख
राजावादी नेता केशरबहादुर विष्टले सरकारलाई गुण्डाहरूको हुल भएकाे टिप्पणी गरेका छन् । साेमबार राप्रपा नेपालले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे उक्त टिप्पणी गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे भने, “सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरूको हुल भयो । प्रहरी नेतृत्वले सुन्थ्यो यो त पार्टीको कार्यकर्ता भयो, सीडीयो दलको कार्यकर्ता भयो । हामीलाई देशको प्रशासन चाहियो । आईजीपीको त के कुरा प्रचण्ड होस गर !”

उनले प्रचण्डलाई बेइमान भएको आरोप लगाए ।

“प्रचण्ड मात्तिएर हान्ने राँगो भएछन्,” उनले भने, “यो राजालाई राजै होइन भन्छन् । बेइमान !”