काठमाडौं,१३ बैशाख ।
देशका अधिकांश ठाउँमा तापक्रम बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्यत्र मौसम प्रायः सफा छ ।
आज दिउँसो ती प्रदेशका पहाडी भुभागमा सामान्य बदली हुँदै एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि पूर्वानुमान गरिएको छ ।
राति पनि माैसम यस्तै अवस्था रहने महाशाखाले जनाएको छ ।








