काठमाडौँ,११ बैशाख ।
सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई कारबाही गरेको हो । कुटपिटमा संलग्न चारजना ट्राफिक प्रहरीलाई जनसेवाको जिम्मेवारीबाट हटाइएको उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

गत मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेका थिए ।

कुटपिटको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

“प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकासो पुलमुनिको भएको र उक्त कार्यमा संलग्न देखिएका चारजना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ ।” काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।