काठमाडौँ,१० बैशाख ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरेकाे राष्ट्रपति पाैडेलकाे सचिवालयले जनाएको छ ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।






