तनहुँ,७ बैशाख ।
आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु भएको छ । तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १० मा आइतबार माइक्रो र स्कुटर ठोक्किदा एक शिक्षकसहित दुईजनाको मृत्यु भएको डुम्रे प्रहरीले जनाएको छ ।

बा २ ख ४९२२ नं को माइक्रो र ग २६ प ४०५८ नं को स्कुटर ठोक्किदा स्कुटरमा पछाडि सवार लमजुङका अनिता थापा र माइक्रोमा सवार मनाङको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन बहादुर घलेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कुटरलाई ठक्कर दिएपछि माइक्रो भित्तामा ठोक्किएको थियो । दुर्घटनामा केही घाइते भएको र घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।