काठमाडौं,७ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनका क्रममा अध्यक्ष राजेन्द्र लिङ्दनेसहित सातजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र
कैलाश कटवाल रहेका छन् ।

सिंहदरबारभित्रै प्रदर्शन गर्न थालेपछि उनिहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।

नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।