काठमाडौँ,६ बैशाख ।
काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।
मौसमका कारण खेल हुन नसकेपछि अंक बराबरी भए पनि रनरेटका आधारमा पछि परेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो । शनिबार बिहान ९ बजेबाट मूलपानीको तल्लो मैदानमा प्रतियोगिता सुरु हुने कार्यतालिका थियो ।
आफ्ना पछिल्ला तीनवटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए ।
तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो। नेपाल र अफगानिस्तान दुबैले युएई,ओमन र हङकङलाई पराजित गरेका थिए ।





