काठमाडौँ,३ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवशेन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजेका लागि संघीय संसद्को अविधेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,नयाँ बानेश्वरमा सुरु हुनेछ ।






