काठमाडौँ,१ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित बिराेध प्रदर्शनमा सहभागी भई सरकार बिराेधी नारा लगाएकाे आराेपमा एक अमेरिकी नागरिकलाई सरकारले डिपोर्ट गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत १४ चैत गरेको प्रदर्शनमा सहभागी भएपछि अमेरिकी नागरिक जुलियन किर्पाल पक्राउ परेका थिए ।
अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले उनलाई अमेरिका डिपोर्ट गरिने प्रक्रिया सुरु भइसकेको र केही दिनमै पठाइने जानकारी दिए । साथै उनलाई नेपाल आउन २ वर्षसको प्रतिबन्ध समेत लगाइने भएको छ ।
‘उनलाई डिपोर्ट गर्ने प्रक्रिया सुरु भइसकेको छ,’ढकालले भने,‘केही दिनमै डिपोर्ट गर्छौं र केही समय नेपाल आउन प्रतिबन्ध लगाउने प्रचलन अनुसार उनलाई २ वर्षको प्रतिबन्ध लगाउँछौँ ।’
अमेरिकी नागरिक जुलियन राप्रपाले नेपाल विद्यतु प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा गरेको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेका थिए ।
प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको थियो ।