सुनसरी,१ बैशाख ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा अज्ञात ब्यक्तिकाे गाेली प्रहारबाट दुई जना घाइते भएका छन् । सोमबार बेलुकी पौनै ७ बजेतिर गोली प्रहार हुँदा साेही ठाउँमा बस्ने २१ वर्षका शिवकुमार मेहता र २७ वर्षका रविनकुमार यादव घाइते भएका छन् ।
मेहताको पेट र यादवको नाकमा गोली लागेको बताइएको छ ।
घटनास्थलमा ३ राउन्ड गोली प्रहार भएको थियो ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसेकेको र घटनाकाे बिषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।








