पर्वत,१ बैशाख ।
टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् ।
बेपत्ता हुनेमा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त रहेकी छिन् ।
पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा उनि चिप्लिएर नदीमा खसेकी थिइन् ।
बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए । उनका अनुसार प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ ।
पन्तसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरू भने सकुशल फर्किएको प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा वैशाखे संक्रान्तिकाे अवसरमा कालीगण्डकी स्नान गर्न विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।






