पाल्पा,३१ चैत ।
नयाँ बर्ष २०८२ काे पहिलो दिन बैशाख १ गते साेमबार पाल्पाको तानसेन नगरपालिका वडा नं १० तेल्घाकाे गुफाचाैरमा गुफाचाैर खाना तथा पर्यटन महाेत्सवकाे ब्यापक तयारी भएको छ ।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्नुका साथै गुफाचाैरलाई पाल्पाकाे नयाँ पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नेे उदेश्यले आयोजित प्रथम तेल्घा गुफाचाैर खाना तथा पर्यटन महाेत्सवकाे आयोजना गरिएको मूल आयोजक समितिका संयोजक कृष्णबहादुर रानाले जानकारी दिए ।

महाेत्सवकाे तयारी अन्तिम चरणमा पुगेको संयोजक रानाले बताए ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने महाेत्सवमा स्थानीय खानाका परिकारहरूकाे स्वाद लिन पाइने जनप्रतिनिधि केसरी सिंजालीले जानकारी दिइन् ।

प्राकृतिक मनाेरम दृष्यावलाेकन गर्न सकिने मनाेरम तथा रमणीय स्थल भएर पनि प्रचारप्रसारकाे अभावमा पछाडि परेको गुफाचाैरकाे प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले महाेत्सव आयोजना गरिएको उनको भनाइ छ ।
तराई मधेसमा गर्मी बढ्दाे क्रममा रहेका बेला चिसो हावापानीको आनन्द लिन महाेत्सव उपयुक्त स्थान हुने अग्रज पत्रकार तथा अभियान्ता पदमराज न्याैपानेले बताए ।

स्थानीयको मनोवल उचो बनाई सामाजिक आर्थिक रुपान्तरणमा महाेत्सव फलदायी हुने उनको विश्वास छ ।

गुफाचाैरलाई पर्यटकीय गन्तव्यस्थलकाे रूपमा विकास गर्ने उदेश्यले २०५४ सालदेखि प्रयासहरू भए पनि त्यसले मुर्तरुप लिन नसकेको अवस्थामा अहिले आएर महाेत्सव आयोजना हुनु आफैमा महत्त्वपूर्ण कार्य भएको राजनीतिकर्मी टाेप अस्लामीकाे भनाइ छ ।

महाेत्सवले मनाेरम तथा रमणीय स्थल गुफाचाैरकाे प्रचारप्रसार भई पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अस्लामीकाे विश्वास छ ।