बुटवल,३० चैत ।
नवलपरासी पुर्वकाे विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे बुटवल नारायणगढ खण्ड अवरूद्ध भएको छ ।

आज बिहानको वर्षाका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) जेसी शाहले जानकारी दिए ।

बाढीले तीनवटा ह्युमपाइप बगाएकाे र डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराउन पहल भइरहेको उनलेे बताए ।

अत्यावश्यकबाहेकका सवारी साधान खोलाको वारपार रोकिएका छन्। अत्यावश्यक सवारी साधनहरूलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको डिएसपी शाहले जानकारी दिए ।

खोलामा पानीको वहाब घटेपछि डाइभर्सन बनाउन सुरू गरिने प्रहरीले जनाएको छ ।

गत पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराइएको थियो ।