काठमाडौँ,२९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले गत चैत २२ गते एक करोड धराैटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेका थिए ।

साेही आदेशविरुद्ध लामिछाने सर्वोच्च पुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा छाडेको थियो ।