काठमाडौं,२९ चैत ।
राजधानी काठमाडौंकाे तीनकुने घटनाका मुख्य आरोपी ब्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।
साथै,जिल्ला न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् ।
शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ परेका प्रसाईलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।
गत चैत १५ मा उनी संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा तीनकुनेमा प्रदर्शन आयोजना गरिएको थियो । प्रदर्शन हिंसात्मक भएपछि २ जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । त्यस क्रममा कराेडौंको क्षति भएको थियो ।






