काठमाडौँ,२९ चैत ।
राजधानी काठमाडौंकाे तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेत रहेका छन् ।
बस्नेतमाथि जडीबुटीस्थित सडकमा जडान गरीएको ट्राफिक बत्ति, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय र उक्त स्थानमा पार्किङ गरि राखेका सरकारी तथा निजी सवारी साधन तोडफोडसँगै आगजनी गर्ने कार्यमा संग्लग्न भएको आरोप छ ।
सीसीटिभी फुटेजका आधारमा हिंसात्मक गतिविधिमा संलग्नहरूकाे पहिचान गरेर प्रहरीले पक्राउ गरिरहेको छ ।






