काठमाडौं,२८ चैत ।
नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी भएका छन् ।

केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा ५०५२ मतसहित डा. मिश्र विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठले २६२१ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर २४३१ छ ।

त्यस्तै महासचिवमा कांग्रेस (एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याएका छन् ।