नवलपरासी,२७ चैत ।
पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुवेर बेपत्ता भएका दुई बालबालिकाको शव फेला परेको छ ।
जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदीमा बेपत्ता भएका दुवै जनाको शव बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो ।
सोही ठाउँ बस्ने १३ वर्षिया दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा मंगलबार नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शब ३५ फिट गहिराईबाट बिहान ११:३० बजे र दिक्षा सेर्पुञ्जाको शब ५० फिट गहिराईबाट अपरान्ह १२:३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।






