संविधान च्यात्न तयार रहन आह्वान
काठमाडौ,२७ चैत ।
राजसंस्थावादी नेता केशरबहादुर विष्टले राप्रपा नेताहरु पनि अब संसद्मा बस्न आवश्यक नहरेको बताएका छन् ।

डा. जगमान गुरुङ नेतृत्वको राजंस्था पुर्नस्थापनाका लागि संयुक्त आन्दोलन समितिले बुधबार राजधानी काठमाडौंमा आयोजना गरेको प्रतिवद्धता सभामा विष्टले अब संविधान च्यात्न तयार हुनुपर्ने भन्दै राप्रपा नेताहरु पनि अब संसद्मा बस्न आवश्यक नहरेको बताएका हुन् ।
‘अब संविधान च्यात्न तयार हुनुहोस्,’ विष्टले भने, ‘आदणीय राजेन्द्र लिङ्देनजीलाई अब संसद्मा बसेर केही फाइदा छैन ।’
प्रदेश चाहिदैन भन्दै हिँड्ने अनि प्रदेशकै मासुभात खानु उचित नहुने उनको तर्क थियो ।
‘प्रदेशमा बसेर अब केही फाइदा छैन,’ विष्टको भनाइ छ, ‘प्रदेश चाहिँदैन भनेर हिँड्ने तर प्रदेशको मासुभात खाइदिने । पदमा बसेर मात्रै हुने होइन ।’
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना र हिन्दुराज्य घाेषणा गराउन अहिले अनुकूल समय भएको भन्दै राजावादी र हिन्दूवादीहरू एकजुट हुनुपर्नेमा जाेड दिए ।






