काठमाडौ,२६ चैत ।
राजधानी काठमाडौ स्थित तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह,सुनसरीका १९ वर्षीय सुमन कार्की,बर्दियाका ३४ वर्षीय हेमराज थारु,धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ती दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराले जानकारी दिए ।

योसँगै राजावादी आन्दोलनका क्रममा पक्राउ पर्नेकाे संख्या ७३ पुगेको छ । यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु विरुद्ध राज्यविरुद्धको अपराधमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।