हेटौंडा,२५ चैत ।
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गास्थित पूर्व–पश्चिम राजमार्गामा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२, संगमटोल घर भएका ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको हो ।
प्रधान काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडीका यात्रु हुन् ।
सोमबार बिहान यात्रुलाई शौचालय जानको लागि प्रधान सवार बस रोकेको बेला बाटो क्रस गर्ने अर्काे बसले ठक्कर दिएकाे हाे ।
बाटाे पार गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रधानलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याउँदा डाक्टरले मृत्यु घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनापछि ठक्कर दिने बसका चालक धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





