काठमाडौं,२४ चैत ।
आन्दोलनरत नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी सोमबारदेखि देशभर शैक्षिक हड्ताल सुरु हुने जानकारी गराएको हो ।
शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारलाई दबाब दिन यो हड्ताल आह्वान गरिएको महासंले जनाएको छ ।
सरकारसँगका विभिन्न माग राखेर महासंघ २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । शिक्षक, कर्मचारीलाई हड्तालमा सहभागी हुन आग्रह गर्दै महासंघले सबै विद्यालय बन्द गर्ने आह्वान गरेको छ ।
यस अवधिमा कुनै शैक्षिक गतिविधि जस्तै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार आदि नगर्ने पनि महासंघले अपिल गरेको छ ।