काठमाडौँ,२२ चैत ।
पश्चिम नेपालमा तीन मिनेटकाे अन्तरमा भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ । शुक्रबार राति जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको हो । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पहिलो भूकम्प गएको तीन मिनेट ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पका कारण मानिस घरबाहिर बाटो र खुला चौरमा निस्किएका छन् । भूकम्पको धक्का छिमेकी जिल्ला सल्यान‚ दाङ र बाँकेसम्म महसुस गरिएको थियो ।






