काठमाडौं,२१ चैत ।
शिक्षकहरूको माग सम्बोधन गर्ने बिषयमा सरकारले छलफल सुरु गरेको छ । शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्नेगरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरू आन्दोलनमा छन् ।

आन्दोलनमा रहेका शिक्षकहरूका मागका बिषयमा बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले छलफल गरेका थिए ।

शिक्षकले उठाएका मागका विषयमा सरकार अत्यन्तै गम्भीर रहेको गृहमन्त्री रमेश लेखकले बताए । शिक्षकमा माग बारे सरकार अहिले छलफलमा रहेको भन्दै गृहमन्त्री लेखकले चाँडै ठोस निर्णयमा पुग्ने विश्वास ब्यक्त गरे ।