काठमाडौं,२१ चैत ।
प्रतिनिधि सभाकाे कानून, न्याय तथा मानव अधिकार समितिले
चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटना बारे जानकारी लिन गृहमन्त्री रमेश लेखकलाई समितिमा बोलाउने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिका बैठकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटना बारे जानकारी लिन गृहमन्त्री रमेश लेखकलाई समितिमा बोलाउने निर्णय भएको सभापति विमला सुवेदीले जानकारी दिइन् ।
समितिको आगामी बैठकमा तीनकुने घटनाबारे थप छलफल गरिने उनको भनाइ छ ।
बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन,२०८१ लाई सामान्य संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।
विधेयकको मस्यौदा प्रतिवेदनलाई बैठकले संशोधनसहित पारित गरेको हो ।






