काठमाडौँ,१९ चैत ।
काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा ताेडफाेड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुमार बस्नेत, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह रहेका छन् ।
त्यस्तै आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार र विष्णुजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १५ गतेको उक्त प्रदर्शन हिंसात्मक र अपराधजन्य भएको भन्दै घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आज म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी छ । यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
प्रदर्शनकाे मुख्य कमान्डर राष्ट्र,राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं भने अझै फरार रहेका छन् ।
उनको खाेजि भइरहेको प्रहरीले जनाएको छ ।






