काठमाडौ,१८ चैत ।
नेपाली कांग्रेस (बीपी) ले शुक्रबार राजधानी काठमाडौंमा राजावादीको प्रदर्शनका क्रममा घटेको घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।
पार्टीका सहमहामन्त्री तथा प्रवक्ता जे एन घिमिरेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी दुई जनाको ज्यान जानेगरी भएको उक्त घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र मृतकलाई सहिद घाेषणा गर्न माग गरेका हुन् ।
राष्ट्रवादीहरूकाे प्रदर्शनलाई उत्तेजित बनाउने कार्यमा सरकारी रबैया कारक रहेको भन्दै विज्ञप्तिमा राज्य सँग अनुमति लिएर गरिएको कार्यक्रममा राज्य आतंक कसरी भयो ? गाेली चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने बिषयमा न्यायीक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।
सस्तो लाेकपृयताका लागि काठमाडौं महानगरपालिकाले राजालाई जरिवाना ताेकेकाे भन्दै साे पार्टीले कार्यक्रमकाे बहानामा राजालाई जरिवाना ताेक्नु अप्राकृतिक भएको दाबी गरेको छ ।







