काठमाडौं,१७ चैत ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र
निर्मल निवास स्थित उनको सचिवालयले बुझ्न अस्वीकार गरेको छ ।
जरिवाना पत्र बुझाउन निर्मल निवास पुगेको काठमाडौँ महनगरपालिकाको टोलीलाई गेटबाट फर्काइएको हो । आज बिहान साढे १० बजे काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।
उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको महानगरले जनाएको छ । राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो । काठमाडाैं महानगरले आज नै हुलाकबाट पठाउने जनाएको छ ।






