काठमाडौं,१६ चैत ।
राजसंस्था पुनःस्थापनाका लागि गठित आन्दोलनका कमाण्डरदुर्गा प्रसाई जोगीको भेषमा फरार भएकाे बताइएको छ ।
राजधानी काठमाडौंकाे तीनकुनेमा शुक्रबार भएका हिंसात्मक घटनाकाे नेतृत्व गरेका प्रसाई उनका धर्मगुरु पुष्कर खतिवडाकोघरबाट फरार भएका हुन ।
इमाडोलस्थित खतिवडाको घरमा देखिएका प्रसाई जोगीको भेषमा फरार भएको बताइएको छ । उनि जोगीको जस्तै कपडा लगाएर इमाडोलबाट फरार भएको स्रोतको दाबी छ । फरार भएका प्रसाईंलाई सम्भावित धेरै ठाउँमा खोजिगरे पनि फेला पर्न सकेको छैन । प्रहरीले प्रसाई खोज्न तीनवटा विशेषटोली बनाएको छ । इमाडोलमा देखिएपछि बेपत्ता भएका प्रसाई लुकेका भनिएका अधिकांस स्थानमा प्रहरीले खोजी गरे पनि हालसम्म फेला परेका छैनन् ।
उनका गुरू खतिवडालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । उनी इमाडोलबाट ट्याक्सीमा भाग्न लागेकाे अवस्थामा पक्राउ परेका थिए । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा हिंसा भड्काएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको खाजी तीव्र रूपमा भइरहेको बताएका छन् । तीनकुनेक्षेत्रको अवस्थाबारे जानकारी लिन पुगेका गृहमन्त्री लेखकले प्रसाई खोज्न सबै स्थानमा प्रहरी परिचालन भैसकेको जानकारी दिए ।





