काठमाडौँ,१५ चैत ।
राजावादीको प्रदर्शनका क्रममा शुक्रबार राजधानी काठमाडौंमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
राजसंस्था पक्षधरको आन्दोलनका कारण शुक्रबार तीनकुने क्षेत्र दिनभर तनावग्रस्त भएको थियो । त्यसक्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ भने एभिन्युज टिभीका पत्रकार सुरेश रजकको आगजनी भएको घरमा जलेर मृत्यु भएको छ ।
अवस्था नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने, कोटेश्वर, सिनामंगल, बानेश्वरलगायतका क्षेत्रमा कर्फ्यूसमेत लगाएको छ ।
कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।





