काठमाडौँ,१५ चैत ।
राजावादीको आन्दोलन हिंसात्मक भएपछि काठमाडौं तिनकुने लगायतका ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

राजसंस्था पक्षधरको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने, सिनामंगल, गौशाला, बानेश्वर, शंखमुल, कोटेश्वरलगायतका क्षेत्रमा कर्फ्यु लगाएको हो ।

कर्फ्यु लगाइएको क्षेत्रमा सेना परिचालन गरिएको छ । प्रशासनले आज राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।