काठमाडौं,१५ चैत ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको छ ।
प्रदर्शनकारीहरूले स्थानीयकाे घरमा ढुंगा मुढा गर्नुका साथै आगजनी गरेका छन् ।
आगाे निभाउन पुगेको दमकलमा समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।
प्रदर्शनकारीले सुरक्षाकर्मीकाे बन्दुक पनि खाेसेका छन् ।





