काठमाडौँ,१५ चैत ।
समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्याली सुरु भएको छ ।
र्यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । याे र्याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ ।
गणतन्त्रवादीको यस्ता र्याली काठमाडौँको अन्य स्थानबाट पनि सुरु हुनेछ । राजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै गणतन्त्रवादी विपक्षी दलले प्रदर्शन गरेका हुन् । गणतन्त्रवादी र राजावादी प्रदर्शनको कारण काठमाडौँ उपत्यकाका सडक सवारीसाधन विहीन देखिएका छन् ।
तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् । भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रवादीहरूको प्रदर्शन छ ।
दुई पक्ष आन्दोलनमा होमिएपछि उपत्यकाको सडकहरूमा सावारी साधन न्युन मात्रामा गुणेका छन् । मुख्य सडकहरूमा पनि पैदलयात्रीहरु मात्र देखिएका छन् ।
प्रहरीकाअनुसार अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ ।





