काठमाडौं,१५ चैत ।
राजधानी काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच धकेलाधकेल भएको छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो ।
प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।
प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।





