काठमाडौं,१५ चैत ।
हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागकाे माैसम आंशिक बदली रहेकाे छ भने अन्य स्थानको मौसम मुख्यतः सफा रहेकाे जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । त्यस्तै, ती क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरीको असर पर्न सक्ने अनुमान गरिएको छ ।

राति पनि सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम मुख्यतः सफा रहने महाशाखाको प्रक्षेपण छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

मौसम परिवर्तनका कारण हुन सक्ने प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुरोध छ ।