काठमाडौँ,१४ चैत ।
शिक्षक सेवा आयोगले निमावि तहका विभिन्न विषयका ६८६ शिक्षक पदको लागि दर्खास्त आह्वान गरेको छ ।
सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन प्रणालीबाट पनि दरखास्त दिन सकिने सुचनामा जनाइएको छ ।






