काठमाडौँ,१३ चैत ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध राजधानी काठमाडौंमा आज पनि प्रदर्शन भएको छ । कुलमान समर्थकहरूले बुधबार दिउँसो विद्युत् प्राधिकरण अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मङ्गलवार पदभार ग्रहण गरिसकेका छन् ।