काठमाडौं,१३ चैत ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको बिराेधमा बिपक्षी दलहरूले संसद बैठक अबरोध गरेका छन् । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै उनिहरूले संसद बैठकमा अबराेध गरेका हुन् ।

आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए ।

सभामुखले नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए । उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए ।

बिपक्षी दलको अबरोधपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।