काठमाडौं,१२ चैत ।
नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारकाे निर्णयकाे चाैतर्फी बिराेध सुरु भएको छ ।

सत्ताधारी दलका नेतादेखि लिएर सत्ता बाहिर रहेका राजनीतिक दलहरूले उक्त निर्णयकाे बिराेध गरेका हुन् ।

केही राजनीतिक दल सम्वद्व युवा तथा विद्यार्थी संगठन सडकमै प्रदर्शनमा उत्रिएका छन् भने कतिपय राजनीतिक दलले बिज्ञप्ती जारी गरेर त कसैले सामाजिक सञ्जाल मार्फत बिराेध जनाएका छन् ।

यसैक्रममा नेपाली कांग्रेस (बीपी ) ले विज्ञप्ति जारी गरी कुलमान हटाउने सरकारकाे निर्णयको बिराेध जनाएको छ ।

नेपाली कांग्रेस (बीपी) का सभापति सुशिलमान शेरचनले आज एक प्रेस विज्ञप्ति जारी गरी उज्यालो नेपालका नायकको रूपमा चिनिएका कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयकाे बिराेध जनाउँदै कर्पोरेट हाउसको २२ अर्ब बक्यौता नउठाई बाडिचुडी खाने नियत रहेको आराेप लगाएका छन् ।

टिआरसी विधेयक सम्बन्धि बैठककाे बहानामा तीन ठूला दलका नेता केपी ओली,शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबी च आर्थिक भागवण्डा गरी मन्त्रीपरिषदबाट निर्णय गराएर कुलमानलाई हटाई लाेडसेडिङका प्रपञ्चकार हितेन्द्रमान शाक्यलाई नियुक्त गरिएको भन्दै विज्ञप्तिमा उनलाई पुनर्बहाली गर्न माग गरिएको छ ।

कुलमानलाई पदबाट हटाउने निर्णयकाे बिराेधमा राजधानी काठमाडौँमा मंगलबार बिहानै देखी प्रदर्शन जारी रहेको छ ।

नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने दिउँसो स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

उता नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाई हटाएकोमा विरोध गरेका छन् । साे क्रममा उर्जामन्त्री दिपक खड्काकाे पुत्लादहनसमेत गरिएकाे छ ।

साेमबार बसेको मन्त्री परिषद् बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले विरोध गरिसकेका छन् ।