काठमाडौँ,१२ चैत ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतः सफा रहनेछ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।









