काठमाडौँ,१० चैत ।
आज पनि कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशकाे माैसम आंशिकदेखि सामान्य बदली रहकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा मधेस र गण्डकीका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ । साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्छ ।
आज राति कोशी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि सफा मौसम रहने अनुमान गरिएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुग्न सक्ने बताएको छ। सुरक्षित रहन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
देशका विभिन्न भूभागमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यसका कारण पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम खुला छ ।









