काठमाडौँ,८ चैत ।
देशका केही स्थानमा आज हल्का वर्षा र उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, लुम्बिनी, मधेसलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने माैसम पूर्वानुमान महाशाखाकाे प्रक्षेपण छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णालीका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति पनि कोशी, मधेस, गण्डकी र कर्णालीका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सम्भावित असर हुन सक्ने भन्दै सतर्कता अपनाउन
महाशाखाले अनुरोध गरेको छ ।

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले हाल कोशी, मधेस तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको महाशाखाले जनाएको छ ।